© 2026
काठमान्डौ, ३१ भदौ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण भवनमा रहेको मन्त्री कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन् ।
साथै भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री घिसिङले उक्त कार्यकक्षलाई अब नेपाल विद्युत प्राधिकरणकै नियमित कार्यसम्पादनका लागि प्रयोगमा ल्याउन आदेश दिएका छन् ।
यसअघिका घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक भएका वेला तत्कालीन ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा मन्त्री कार्यकक्ष बनाउन लगाएका थिए ।