Butwal Today

डा. सन्दुक रुइत भन्छन्- म सरकारमा मन्त्री बन्न सक्दिनँ, तर आवश्यक परे सहयोग गर्छु

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, ३१ भदौ ।

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने स्पष्ट जवाफ दिएका छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेट गर्ने क्रममा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन् । तर डा. रुइतले बिरामी छाडेर सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन ।

उनले सरकारलाई सहयोग गर्ने तर मन्त्रीको रूपमा प्रत्यक्ष सहभागिता गर्न नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?