Butwal Today

बालेनले साम्पाङलाई भने– एकतर्फी भए पनि मेरो माया साँचो हो

३१ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ३१ भदौ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति सदैव माया रहने बताएका छन् ।

पछिल्लो समय साम्पाङले आफूलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति प्रतिउत्तर दिँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

साम्पाङले आफूलाई प्रधानमन्त्री नबनाएको भन्दै बालेनलाई निरन्तर टिप्पणी गरिरहेका थिए । त्यसैको जवाफ स्वरूप बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

उनले अङ्ग्रेजीमा समेत लेखेका छन्, ‘यु आर माई ट्रु लभ’  बालेनको हाँस्यरस मिसिएको यो स्टाटस सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै धरानबाट जम्बो टोलीसहित साम्पाङ जङ्गी अड्डा पुगेका थिए । तर, अपेक्षित जनमत नपाएपछि उनी निराश हुँदै सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् ।