© २०२३
बाँके, ३० भदौ ।
कोहलपुर नगरपालिका वडा नम्बर २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्र रहेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।