ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै
नयाँ सरकारको कार्यभार

निर्वाचनको विश्वासिलो वातावरण बनाऊ

३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार

शुक्रबार राती प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले आइतबारदेखि कार्यभार सम्हालेकी छिन । कार्कीलाई जटिल अवस्थामा देशको नेतृत्व गर्ने अवसर आएको छ । भनिन्छ– राजनीतिमा असम्भव भन्ने हुँदैन ।

जम्मा ७२ घण्टाको समयावधिमा कल्पनासम्म नगरिएको घटनाक्रम विकसित हुँदा कार्की सडकबाट सिंहदरबारको बागडोर सम्हाल्न पुगिन । अव कार्कीलाई सरकारलाई सफल बनाउने मात्रै होइन, मुलुकलाई सही दिशामा अघि बढाउने ठुलो दबाब र दायित्व सिर्जना भएको छ ।

त्यसका निम्ति उनले सरकारलाई गति दिनुपर्ने अवस्था छ । अव मुलुकलाई एक ढिक्का बनाएर अगाडि बढाउनु कार्कीको लागि ठुलो चुनौती हुनेछ । कार्कीको सत्ता यात्रा सहज छैन । विशेष परिस्थितिमा प्रधानमन्त्रीसँग यस पटक चौतर्फी चुनौती हुनेछन् । शासन सञ्चालनमा देशले नैतिक मूल्य तथा मान्यताको अपेक्षा गरेको छ ।

देशको अवस्था सुधार गर्ने मात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिप्रति उत्पन्न हुन लागेका आशङ्कालाई गलत साबित गर्नुपर्नेछ । हिजो भए गरेका बेठिक काम र व्यवहार कार्की सरकारबाट दोहोरिए भने त्यो जनताका लागि स्वीकार्य हुँदैन ।

अहिले कार्कीको हातमा सत्ता एउटा भिन्न परिस्थितिमा आएको छ । अबको दिनमा दलहरूलाई मिलाएर मुलुकलाई निर्वाचनमा लिएर जानु कम चुनौतीको विषय होइन । किनभने अहिले दलहरू संसद् विघटनबाट आक्रोशित छन् ।

दलहरूको बटमलाईन अहिलेसम्म सार्वजनिक भएको छैन । तर, देशले निकास खोजेको बेला दलहरूलाई साथमै लिएर अघि बढ्ने प्रयत्न भयो भने त्यो कार्की सरकारका लागि सफलताको द्योतक हुनेछ ।

अतः प्रधानमन्त्री कार्कीले आफूलाई कति खरो उतार्न सक्छिन्, त्यसबाट सरकार र देशको पनि भविष्य निर्धारण हुनेछ । सरकारको सफलता असफलता प्रमाणित हुनेछ । कार्कीमाथि अर्को चुनौती छ– समयमै निर्वाचन सम्पन्न गर्नु । यो कठिन चुनौती पार लगाउन उनलाई दह्रो साथ र सहयोगको खाँचो छ ।

सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएकी कार्कीलाई लोकतान्त्रिक शासन व्यवस्थाको आदर्श प्रदर्शन गर्ने यो अवसर पनि हो । अव विधिसम्मत ढङ्गले सरकार सञ्चालन हुनुपर्छ । लोकतन्त्रमा पारदर्शिता पहिलो सर्त हुनुपर्छ । देशलाई भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प कार्कीका लागि राम्रो अवसर हुनेछ ।

देशमा देखापरेका विकृति, विसङ्गति, अस्थिरता लगायतका यावत समस्या नियन्त्रण र समाधानमा उनको नेतृत्वको सरकारका चुनौती हुन । यो ऐतिहासिक एवं महत्त्वपूर्ण अवसर उनका लागि इतिहास निर्माण गर्ने मौका पनि हो ।

नयाँ सरकार जनउत्तरदायी हुनुपर्ने अपेक्षाका बिच देशको समग्र अवस्थामा परिवर्तन उनको मुख्य चुनौती हो ।  अहिले देश आर्थिक मन्दीको आहालमा छ । युवाहरू विदेश पलायन भइरहेका छन् ।

नेपालमै उनीहरूलाई रोक्ने योजना सरकारसँग छैन । अबको दिनमा खोक्रो आश्वासन र नारामा अव नेपाली जनता दिग्भ्रमित हुने अवस्था छैन । जेनजी पुस्ताले देशमा उथलपुथल खोजेको छ । जेनजी पुस्ताको भावनालाई आत्मसाथ गर्नुपर्ने आवश्यकता पनि सरकारका लागि चुनौतीकै विषय हुनेछ ।

युवा वर्ग पछिल्लो राजनीतिसँग विश्वस्त नहुनाकै कारण आज यो अवस्था आएको छ । कुरा मात्र गर्ने राजनीति अव युवाहरूले मन पार्नै छाडेका छन् । जनतामा निराशा बढ्दै गएको छ ।

हरेक बेथितिका पछाडि साना–ठुला नेताको आड भरोसा छ । अव मुलुकमा वास्तविक सुशासन र समृद्धि कहिले आउँछ ? प्रश्न अनुत्तरित छ । अव कार्की नेतृत्वको सरकारले जति छिटो निर्वाचन गरि जनताले चुनेका जनप्रतिनिधिलाई शासन सत्ता सुम्पिने वातावरण बन्छ, अनि देशले नयाँ काँचुली फेर्छ भन्ने विश्वास गर्नुपर्ने अवस्था छ ।

तसर्थ कार्की नेतृत्वको सरकारले राजनैतिक दलहरूलाई विश्वासमा लिएर निर्वाचनमा अग्रसर बनाउने वातावरण बनाउनुपर्दछ । लोकतन्त्रमा दलहरूको विकल्प दलहरू नै हुन । अतः निर्धारित मितिमै निर्वाचन गराएर कार्की नेतृत्वको सरकारले आफ्नो अभिभारा पूरा गरोस् । सरकारलाई हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?