© २०२३
बुटवल, ३० भदौ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल तामनगरको जिर्ण पुल भासिँदा सडक अवरुद्ध भएको छ । बुटवलदेखी पश्चिमतर्फ चल्ने सवारीलाई पुल भासिएपछि तत्कालै डाइभर्सनमार्फत सञ्चालनमा ल्याईएको छ । दुई दिनको अविरल वर्षाका कारण पुलमा क्षति भएको हो ।
दिउसो ११ बजेबाट पुल नजिक दायाबाया सडक भासिएर झर्न थालेपछि आवतआवत बन्द गरि बैकल्पिक सडक प्रयोग शुरु गरिएको हो । वर्षाले पुलनजिकको विद्युत पोलमा समेत असर पारेको छ । अहिले छोटा तथा लामोदुरीका सवारीले तामनगर–सेमलार हुँदै सैनामैना–बनकट्टासम्मको वैकल्पिक मार्ग प्रयोग गरेका छन ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार आयोजना अन्तरगत यो खण्ड चार लेनमा विस्तार शुरु भएको हो । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्म काम सुरु भएको छ । जसमा नाला, ढल निकास, पुल–पुलिया निर्माण र नयाँ कालोपत्रे गर्ने कामसमेत समावेश गरिएको छ ।