© २०२३
काठमान्डौ, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
गत भदौ २४ गते जेनजीको आवरणमा अराजक समूह संसद भवन, नयाँ बानेश्वरमा प्रवेश गरी आगजनी, तोडफोड तथा लुटपाट गरेको थियो । सो क्रममा भवनभित्र रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनलगायत विद्युतीय उपकरण अनधिकृत व्यक्तिहरूले लगेको सचिवालयले जनाएको छ ।
आज जारी सूचनामा सचिवालयले ती सामग्री आफूसँग भए तत्काल फिर्ता गर्न तथा सामग्री रहेको स्थान वा संलग्न व्यक्तिको नाम–ठेगाना जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । साथै, उक्त घटनासम्बन्धी भिडिओ वा प्रमाण उपलब्ध गराउने व्यक्तिको नाम गोप्य राखिने पनि सूचनामा स्पष्ट पारिएको छ ।
