© २०२३
काठमाडौँ, ३० भदौ ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल घट्न नदिन ध्यान दिने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रसँग अन्तर्क्रिया गरी त्यसको मनोबल उकास्ने प्रयास गरिने जानकारी दिए ।
अर्थमन्त्री खनालले भने, “हिजोको तुलनामा निजी क्षेत्रले परिवर्तनको महसुस गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले आवश्यक कदम चाल्नेछ।” उनले राजस्वमा पनि कुनै कमी आउन नदिनुपर्ने जोड दिए ।
त्यसैगरी, मन्त्री खनालले व्यक्तिगत कामका लागि कोही पनि घरमा भेट्न नआउन आग्रह गर्दै आफू गाडी चलाएर राष्ट्रपतिभवन जाने र चालकबाहेक अन्य कुनै सुविधा नलिने घोषणा गरे ।