© २०२३
काठमान्डौ, ३० भदौ ।
१७ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टोली श्रीलङ्काविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका ७स्१५ बजे कोलम्बोमा सुरु हुनेछ ।
प्रतियोगिता आजबाट सुरु भई आगामी असोज ११ गतेसम्म सञ्चालन हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक राष्ट्र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्न लागेको हो । यस समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।
नेपालले आफ्नो दोस्रो खेल असोज १ गते बङ्गलादेशसँग खेल्नेछ । यसैबीच, समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।
साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आइतवार श्रीलङ्का प्रस्थान गरेको थियो ।