Butwal Today

अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

३० भाद्र २०८२, सोमबार
अ+
अ-

चितवन, ३० भदौ ।

चितवनको इच्छाकामना–५ स्थित तुइनखोलानजिक खसेको पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ९ बजेदेखि सडक एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । कार्यालयको डोजर तथा अन्य मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ बजेबाट सडक दुबैतर्फ खुला गरिएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

वर्षायाममा तुइनखोला आसपासका क्षेत्रमा ढुंगा र माटो खस्ने जोखिम उच्च हुने भएकाले यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई अत्यधिक सतर्कता अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।

कार्यालयले आवश्यक परेमा सुरक्षित स्थानमा रोकेर हेरेर मात्रै अगाडि बढ्न अनुरोध समेत गरेको छ ।