© २०२३
काठमान्डौ, ३० भदौ ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो । आइतबार भने सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कायम रहेको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ ।