काठमाडौँ, ३० भदौ ।
प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त तीन मन्त्रीहरूलाई नियुक्ति गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन् । बैठक दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

त्यसअघि मन्त्रीहरू र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन् । आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
खनाललाई अर्थ मन्त्रालय, अर्याललाई गृहसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, र घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




