Butwal Today

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

३० भाद्र २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ३० भदौ ।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन् ।

ऊर्जामन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता असुलीलाई पहिलो प्राथमिकताका रूपमा लिँदै, त्यसका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेका हुन् ।

त्यस्तै, उनले पदभार ग्रहणको अवसरमा कुनै खादा, माला वा अबिर नलिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?