© २०२३
काठमाडौँ ।
भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको शव भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
जेन–जी आन्दोलनका क्रममा सो सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो। प्रहरीका अनुसार त्यसै क्रममा लुटपाट गर्न पुगेका व्यक्तिमध्ये कसैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारिएको छ । “शव पूर्ण रूपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ र थप अनुसन्धान भइरहेको छ,” उनले बताइन् ।
देशभर जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरूमा आगजनी भएका थिए। यसै क्रममा धरानमा चार जनाको मृत्यु भएको थियो ।