Butwal Today

बढैया गाउँमा रात भरी गस्ती

३० भाद्र २०८२, सोमबार
अ+
अ-

बर्दिया, ३० भदौ ।

बढैयाताल गाउँपालिका वडा नम्बर ५ का स्थानीयहरू ‘आफ्नो सुरक्षा आफैँ गरौँ ’ भन्दै रातभर गस्ती गर्न थालेका छन् । बढैयाताल गाउँपालिका वडा नम्बर ५ बढैया गाउँका चारैबाटोमा रात भरी गस्ती गरेर आफ्नो गाउँको सुरक्षा गर्न आफै लागेको बढैयाताल गाउँका स्थानीय राकेश चौधरीले बताए ।

छिमेकी गाउँहरूमा हरेक रात चोरीको कुरा आउन थालेपछि गस्ती गर्न थालेको चौधरीले बताए ।  देशको पछिल्लो बदलिँदो परिस्थितिमा अराजक व्यक्ति तथा समूहबाट गाउँ समाजमा चोरी, डकैती, लुटपाट, आगजनी व्यक्ति माथि आक्रमण गतिविधि बढ्न सक्ने भन्दै स्थानीयले रातभर गस्ती गर्ने गरेको छन् ।

देशैभरका कारागारबाट भागेको कैदीको बहानामा अन्य मानिसहरू समेत चोरीमा संलग्न भएको अंशका रहेको बढैयाताल गाउँका बरघर जयबहादुर चौधरीले बताए । उनले भने आ आफ्नो गाउँको सुरक्षा गर्न आफ्नो  जिम्मेवारी रहेकोले बसै मिलेर गाउँको सुरक्षामा खटिएका छौँ ।

जेनजी आन्दोलन पछि स्थानीय समुदायमा त्रास फैलिएको छ । व्यापारी, उद्योगी राजनीतिक नेता कार्यकर्तामा त्रसित बनेको छन् । भदौ २५ गतेबाट नै गाउँकोको चारैतिरबाट गस्ती गर्न लागेको बरघर भोला थारुले बताए । बढैया गाउँमा हरेक रात गस्ती गर्न थालेपछि चोरी भएको छैन तर छिमेकी गौह्री र खैसा टोलमा चोरीको प्रयास भइसकेको छ ।