© २०२३
काठमान्डौ, ३० भदौ ।
नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले सोमबार सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको बीमा दाबी सम्बन्धित बीमा कम्पनीमा दर्ता गर्न अनुरोध गरेको हो । बीमालेखमा तोकिएका सर्तबमोजिम दाबी भुक्तानी उपलब्ध हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै प्राधिकरणले आवश्यक प्रमाण–कागजातसहित दाबी पेश गर्न बीमितहरूलाई आह्वान गरेको छ ।
त्यसैगरी, तोकिएको अवधिभित्र बीमा कम्पनीले दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारणमा ढिलाइ गरेमा वा बीमितलाई अनावश्यक कठिनाइ सिर्जना गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी दिन सक्ने सूचनामा प्रष्ट पारिएको छ ।
