ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

बाल सुधारगृह र कारागारबाट भागेका २८५ अझै फरार

३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार

नेपालगञ्ज, ३० भदौ ।

बाँकेका दुई बाल सुधारगृह र क्षेत्रीय कारागारबाट भागेका ३४२ जना बालबन्दी तथा कैदीमध्ये २८५ जना अझै फरार रहेका छन् । भागेकामध्ये हालसम्म ५७ जनामात्र पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट १९३ जना बालबन्दी भागेका थिए । तीमध्ये ४० जना पक्राउ परेका छन् । त्यस्तै, नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४९ मध्ये १७ जना मात्रै पक्राउ परेका छन् । जयन्दु बाल सुधारगृहका प्रमुख किशोर शर्माका अनुसार, सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेका थिए । हालसम्म २३ जना पक्राउ परेका र बाँकी ९२ जनाको खोजी भइरहेको उनले बताए । फरारमध्ये केही आफै सम्पर्कमा आएका छन् भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनको भनाइ छ ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार, सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये प्रहरीसँगको झडपमा पाँच जनाको मृत्यु भएको थियो भने ७९ जना भागेका थिए । तीमध्ये हालसम्म १७ जना मात्रै पक्राउ परेका छन् । अझै ६२ जनाको खोजी जारी छ । यसैगरी, नौबस्ता क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुषालका अनुसार, त्यहाँ रहेका ५८५ कैदीमध्ये १४९ जना भागेका थिए । तीमध्ये १७ जना पक्राउ परेका र १३२ जना अझै फरार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फरार कैदी र बालबन्दीमध्ये धेरैजना सीमापार पुगेको आशंका गरिएको जनाएको छ । जेन जी आन्दोलनको क्रममा उग्रता मच्चीएपछि बाँकेलगायत देशका विभिन्न बाल सुधारगृह र कारागारबाट कैदी–बन्दी भागेका थिए ।

यद्यपि नेपालगञ्ज कारागारमा भने कैदीहरु भग्न प्रयास गरेपनि सेनाको घेराबन्दीका कारण भाग्न असफल भएका थिए । सो क्रममा सेनाले गोली चलाउँदा कैलालीका एक कैदीको खुट्टामा गोली लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?