© २०२३
काठमान्डौ, २९ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् ।
नेतृत्वप्रति तीव्र असन्तुष्ट व्यक्त गर्दै उनले पार्टीभित्र गल्ती नस्वीकार्ने प्रवृत्ति, आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल, र पार्टी तथा नेताको हित देशभन्दा माथि राख्ने रवैयाले आफूलाई पार्टी छोड्न बाध्य पारेको बताइन् ।
श्रेष्ठले भनिन्, अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । चलुन्जेल मनलाग्दी गर्नुहोला ।