© २०२३
काठमाडौं, २९ भदौ
प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार र सर्वोच्च अदालतजस्ता अत्यावश्यक सरकारी संरचना जलाउने व्यक्तिहरूलाई कसरी ‘नेपाली’ भनिने सवाल उठाएकी छन। आज पदभार ग्रहण गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले यस्तो नाश र तोडफोडप्रति स्पष्ट असन्तोष व्यक्त गरी दोषीहरूलाई कडा कारबाही गरिने बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “बडो आश्चर्य लागिरहेको छ — देशको शासन चलाउने तिनै संस्थाहरू, ती भवनहरू, ती मिसिल र कागजात किन र कसरी नष्ट भए? यदि नेपाली भएर यस्तो काम गरिएको हो भने तिनलाई नेपाली कसरी भन्ने?” उनले यस किसिमका गतिविधि षडयन्त्रपूर्वक हुनसक्ने पनि बताइन् र घटनाको गहिरो अनुसन्धान गरिने आश्वासन दिइन्।
उनले थपिन्, “हाम्रा संस्थाहरूलाई यस्तो अनुहार देखाउने अवस्थामा पु¥याएकोमा मलाई लाज लागेको छ। जहाँसम्म मेरो अनुमान पुग्छ, यो एउटा योजनाबद्ध षडयन्त्र नै भएको हुन सक्छ।” प्रधानमन्त्रीका अनुसार आगलागी र तोडफोडले महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएपछि सरकारै शून्यको अवस्थामा पुगेको छ — भौतिक संरचना मर्मत गर्न सकिन्छ भने रेकर्ड र पुराना फाइलहरू पूर्णरूपले हराएर ठूलो क्षति भएको छ।
कार्कीले अनुसन्धान सम्पन्न भएपछि दोषीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए: “अनुसन्धान हुन बाँकी छ र अनुसन्धानपछि जसले नोक्सान पुऱ्याएका छन्, उनीहरूलाई छोड्नुपर्ने अवस्था छैन। यसको खोजबिन, तलास र आवश्यक कारबाही हुनैपर्छ।”
सरकार र सुरक्षाकर्मीहरू घटनाको पूरक छानबिन र दुर्भाग्यपूर्ण क्षतिपछि आवश्यक कदम चाल्न जुटेका छन् भने सार्वजनिक तथा ऐतिहासिक कागजातहरूको अवस्था र पुनःप्राप्तिका लागि सम्बन्धित निकायहरू काम गरिरहेका छन्।