© २०२३
काठमान्डौ, २९ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणअघि उनले लैनचौरमा रहेका सहिदको प्रतिमामा माल्यार्पण पनि गरेकी थिइन् ।
जेनजी आन्दोलनको दबाबपछि गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन् ।
कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।