Butwal Today

प्रधानमन्त्री कार्कीद्वारा सिंहदरबारमा पदभार ग्रहण

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २९ भदौ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहणअघि उनले लैनचौरमा रहेका सहिदको प्रतिमामा माल्यार्पण पनि गरेकी थिइन् ।

जेनजी आन्दोलनको दबाबपछि गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन् ।

कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।