Butwal Today

प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक : काँग्रेस

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

 काठमाडौं,२९ भदौ ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पुनः अलोकतान्त्रिक र असंवैधानिक करार गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रतिनिधिसभा विघटनको विरोधमा दृढ रहेको स्पष्ट पारे ।

खड्काले प्रतिनिधिसभा विघटनको कदम संविधान र त्यसद्वारा प्रत्याभूत नागरिक अधिकारमाथि कुठराघात भएको उल्लेख गरेका छन् । उनले भने, “जनताबाट लोकतान्त्रिक विधिबाट निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधिसभाको विघटन पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ ।

यसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी राज्य निर्माण गर्ने संविधानको मूल भावनामा चोट पुर्‍याएको छ ।” उनले यो कदमले लोकतन्त्र र संविधानलाई कमजोर बनाएको तथा सर्वोच्च अदालतका विगतका फैसलासँग पनि विपरीत भएको आरोप लगाए ।

यसबाहेक, खड्काले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको वास्तविक मूल्यांकन तत्काल सुरु गर्न र भदौ २३-२४ का घटनाको निष्पक्ष छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे ।