© २०२३
काठमाडौं, २९ भदौ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म लाइसेन्स छपाइ र वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।
विभागका अनुसार हालै भएको तोडफोड, आगजनी, चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा ठूलो क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो ।
सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्म सम्पूर्ण सूचना प्रविधि प्रणाली बन्द रहने जानकारी गरिन्छ ।”
