Butwal Today

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २९ भदौ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म लाइसेन्स छपाइ र वितरणसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी, चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा ठूलो क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो ।

सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्म सम्पूर्ण सूचना प्रविधि प्रणाली बन्द रहने जानकारी गरिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?