© २०२३
बर्दिया, २९ भदौ ।
चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १२ टडुवागाउँ निवासी २९ वर्षीया कविता रानाको चितुवाको आक्रमणमा परि मृत्यु भएको हो ।
घाँस दाउराका जोहो गर्नका लागि नजिकैको जंगल गएकी उनलाई आज बिहान तिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।
बर्दिया जिल्लामा वन जङ्गलको क्षेत्रफल धेरै भएको र सुरक्षाका लागि जङ्गललाई तारवार नगरेको कारणले बाघ, चितुवा लगायत जङ्गली जनावरको आक्रमणमा परि मानिसहरू अकालमै ज्यान गुमाई रहेका छन् ।