ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

घर जलेको घाउमा गरगहना लुटिएको अर्को पीडा –छोराको बिहेमा जुटाएको र पहिलेदेखि जोडेको ३२ तोला सुनका गहना लुटपाट

२९ भाद्र २०८२, आइतबार
२९ भाद्र २०८२, आइतबार

तिलोत्तमा, २९ भदौ ।

तिलोत्तमा नगरपालिका–१ का वडा अध्यक्ष फर्सुराम गिरीको परिवारमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा भएको हिंसा न केवल भौतिक रुपमा विनाशकारी रह्यो, बरु मानसिक र भावनात्मक रुपमा पनि उनीहरुलाई विछिप्त बनाएको छ ।

आन्दोलनका नाममा एकाएक उत्रिएको भीडले गिरी परिवारको घरमा आगजनी, तोडफोड र लुटपाट गरेपछि उनीहरुलाई अहिले जलेको घाउमा लुटिएको अर्को पीडाले मानसिक रुपमै विछिप्त बनाइदिएको छ । भन्छन्‌–सर्वस्व नै लुटियो । अध्यक्ष गिरीकी पत्नी देवी, जो साना किसान सहकारी संस्थामा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छिन्, आज पनि त्यो दिन सम्झिँदा स्तब्ध हुन्छिन् ।

‘घर जल्नु त एउटा पक्ष भयो, तर माथिल्लो तलामा सुरक्षित राखिएका सुनका गहनाहरु खोजी खोजी दराज फोडेर, पलङका घर्रा फुटाएर लुटिएको थाहा पाएपछि मनै अमिलो भएको छ,’ अध्यक्ष गिरीले आँखाभरि पीडा बोकेर प्रतिक्रिया दिए । आन्दोलनकारीको उत्तेजित भीडले अध्यक्ष गिरीकै घरसँग सटिएको पूर्वमुख्यमन्त्री लिला गिरीको घरमा आगजनी गरेपछि त्यसको छेवैमा रहेको गिरीको दुईतले घरमा पनि उस्तै विनाश गरेको थियो ।

त्यो दिन अध्यक्ष गिरीको परिवार पछाडिको ढोकाबाट भागेर ज्यान जोगाउन सफल भयो भने छोरा स्वीकार गिरी गाडी लिएर कलेजको कामले ड्राइभरटोल गएकाले उनी पनि जोगिए र गाडी पनि जोगाउन सफल भए । घरको तल्लो तला जलाइयो, माथिल्लो तलामा गएर तोडफोड गरियो, माथिबाट सामान आगनमा फालेर जलाइयो र सुनका गहनासहित नगद लुटियो ।

पलङको घर्रामा राखिएका गरगहना, दराजको भित्री पकेटमा राखिएको विवाह, दाइजो र दशकौँको जोहो गरेर जम्मा पारी राखिएको ३२ तोला सुनका गरगहना सबै लुटिएको गिरी परिवारले बताएको छ । घरभित्र रहेको ६४ इन्चको डिजिटल टिभी, माइक्रोओभन, इन्डक्सन चुल्हो, भान्साको सामान, सबै तहसनहस पारिएको छ ।

घर बाहिरको मोटरसाइकल, साइकल पनि सुरक्षित रहेनन् सबै क्षणभरमै खरानी बनाए । जोगिएको भने छोराको गाडी मात्रै, जुन उनी साथमा लगेका थिए । ‘छोराको बिहेमा जोहो गरेका, मेरी श्रीमतीको विवाहको बेलाको र बीचमा किनमेल गरेर जोडिएका सबै गहना लुटिए, खोजी खोजी राखेको ठाउँमै पुगेर लुटिएको हो,’ अध्यक्ष गिरीले दुःख पोखे–‘भएभरको सबै गयो ।’ प्रहरीको टोली आएर मुचुल्का उठाएपछि गिरी परिवारले विस्तारै घरको भग्नावशेषको सरसफाई सुरु गरे पनि देवी भने अझै त्यो तलामा जान सकेकी छैनन् ।

उनले यो लुटपाटको पीडालाई आगलागी माथि अर्को गहिरो पीडाबोध भएको बताएकी छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका, सौरीबोटबाट २०४९ सालतिर तिलोत्तमा आएका गिरी परिवारले यतिका वर्षमा पसिना बगाएर जोहो गरेको सम्पत्ति एकै झट्कामा सखाप भएको छ ।

नेकपा एमालेबाट वडा अध्यक्ष बनेका फर्सुराम गिरीलाई स्थानीयहरुले सादगी, इमानदारिता र सेवाभावको प्रतीक मानेका थिए, जसरी उनका ठुलाबाबाका छोरा पूर्वमुख्यमन्त्री लिला गिरीलाई मानेका थिए । ‘जायज मागमा समर्थन छ, तर आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति जलाउनु र लुट्नु अत्यन्तै आपराधिक हो,’ गिरीले भने,–‘यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’ घटनापछि शोकमा डुबेको गिरी परिवार अहिले पनि एक–एक गहना र यादहरुको सम्झनामा आँशु पुछिरहेकै छ । यो घटना एउटा प्रतिनिधि पीडा हो, जुन बेला–बेलामा आन्दोलनको नाममा आम मानिसले भोग्न बाध्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?