ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मेरो पसिना, श्रम र मेहनत खरानी बनाइयो : डिल्ली बहादुर चौधरी

२९ भाद्र २०८२, आइतबार
२९ भाद्र २०८२, आइतबार

लमही ,२९ भदौ ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा आफ्नो घर जलेपछि पूर्व मन्त्री तथा समाजसेवी डिल्ली बहादुर चौधरीले गहिरो पीडा व्यक्त गरेका छन् ।

उनले मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

चौधरीले विज्ञप्ति जारी गर्दै आन्दोलनको नाममा गरिएका तोडफोड, आगजनी र लुटपाटलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै आक्रोश व्यक्त गरेका छन् । “मेरो घर मात्र जलेको छैन, मेरो पसिना, चार दशकको श्रम र मेहनत जलेको छ,” उनले भनेका छन् ।

उनले आफ्ना सम्पत्ति कुनै अनियमितताबाट नभई वैदेशिक अध्ययन–अध्यापन, जागिर र समाजसेवाबाट कमाएको पसिनाको कमाइ भएको उल्लेख गरेका छन् ।

“देश–विदेशमा पढाएर बचत गरेको पैसा, मासिक ३०० रुपैयाँ तलब पाउँदा सुरुवात गरेको जीवन–सङ्घर्षको फललाई खरानी बनाइएको हो,” चौधरीको भनाइ छ ।

राजनीतिक प्रतिशोधका कारण आफ्नो परिवारको सपना भत्काइएको दाबी गर्दै उनले आन्दोलनकारी भेषमा घुसपैठ गर्ने, सरकारी संरचना र निजी सम्पत्तिमा क्षति पुर्‍याउनेलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

“आन्दोलन केवल उद्दण्डता र विध्वंस होइन, विसङ्गति र बेथितिविरुद्धको आवाज हो भन्ने विश्वास गर्छु,” उनले स्पष्ट पारे ।

सङ्घर्षपूर्ण जीवनको स्मरण गर्दै चौधरीले पञ्चायतदेखि माओवादी द्वन्द्व र मुक्त कमैया अभियानसम्म आफूले निरन्तर जोखिम मोल्दै आएको उल्लेख गरेका छन् ।

“त्यस बेला गोलीले जीवन लिएको थिएन, आज घर जलाएको छ, तर मेरो मन जलेको छैन। आँट, साहस र सङ्घर्ष गर्ने क्षमतामा कमी आएको छैन,” चौधरीले भनेका छन् ।

उनले आन्दोलनको नाममा घरमा लुटपाट, चोरी र गलत प्रचार समेत गरिएको आरोप लगाएका छन्। घरभित्र रहेका गरगहना, रकम र सामग्री समेत हराएको जानकारी दिएका छन् ।

“यो घर मेरो मात्र होइन, मेरो आमा, श्रीमती, छोरी र छोराको सपना थियो,” चौधरीले भनेका छन्, “तर म आत्तिएको छैन, फेरि जुरुक्क उठ्नेछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?