ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

आन्दोलनपछिको नयाँ नेपालको बाटो

२९ भाद्र २०८२, आइतबार
२९ भाद्र २०८२, आइतबार

भदौ २३ र २४ गतेको जेन–जी पुस्ताले नेतृत्व गरेको आन्दोलनले मुलुकलाई झकझक्याएको छ । भ्रष्टाचारविरोधी आवाज, शासकीय बेथितिको अन्त्य र जनउत्तरदायी शासनको मागगर्दै लाखौं युवाले सडक तताउँदा नेपालमा परिवर्तनको नयाँ आशा जन्मिएको थियो ।

दशकौँदेखि मौन, थकित र निराश देखिएको पुस्ताले जब आवाज उठायो, त्यसले सिङ्गो राष्ट्रलाई आत्ममूल्याङ्कन गर्न बाध्य बनायो । तर, दुःखको कुरा के छ भने त्यो आन्दोलनले जुन ऊर्जा, आशा र परिवर्तनको हुंकार ल्यायो, त्यसको मूल्य प्राण गुमाएका करिब दुई दर्जन बालबालिका र युवाहरूले चुकाउनु प¥यो ।

आन्दोलनको नाममा ज्यान गुमाउनु परेको यो पीडा सम्पूर्ण नेपाली जनताकालागि असह्य छ । ती शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो नैतिक उत्तरदायित्व पनि हो । यो आन्दोलन न कुनै राजनीतिक व्यवस्था उल्ट्याउने उद्देश्यले सुरु भएको थियो, न कुनै सत्तालाई जबर्जस्ती ढाल्ने मनसायले ।

यसको माग सरल थियो—स्वच्छ शासन, जवाफदेही नेतृत्व र जनताको पीडाप्रति संवेदनशील राज्य । माइतीघरबाट सुरु भएको जुलुस बानेश्वर पुग्दासम्म शान्तिपूर्ण थियो । आयोजकहरूले सहभागिहरूलाई बारम्बार संयमता अपनाउन आग्रह गरिरहेका थिए । ढुंगा नहान्न, फूलसमेत नतोड्न सन्देश दिइरहेका थिए तर त्यसपछि अवस्था एकाएक फेरियो।

आन्दोलनले हिंस्रक रूप लियो, सार्वजनिक सम्पत्तिहरू जल्न थाले, राज्य संरचनाहरू ध्वस्त भएर सरकार अदृश्य बन्न पुग्यो । यस्तो स्थितिमा स्वाभाविक रूपमा प्रश्न उठ्छ— के वास्तवमै आन्दोलनले रूप फेरेको हो ? कि कसैले त्यसमा आगो हालिदियो ?
जनताको ठूला हिस्साले यसलाई योजनाबद्ध षड्यन्त्रको आशंका गरिरहेका छन् ।

आन्दोलनकाबीचमा भड्काउने तत्वहरू घुसेको, योजनाबद्ध रूपमा ध्वंसात्मक गतिविधि गरिएको र त्यसमा सरकार र सुरक्षा संयन्त्रको मौन भूमिकाले यसलाई पुष्टि गर्ने संकेत गरेको देखिन्छ । तर अब दोषारोपणले मात्र केही हुदैन। पीडाको यो मोडमा प्रश्न एकै छ—अब के गर्ने ?

देश अहिले अन्यौलको अवस्थामा छ । पुराना सत्ताका भागीदारहरू झ्यालपटक गर्दै छन् । जिम्मेवारी वहन गर्नुको साटो आफू जोगाउने ध्याउन्नमा छन् । जनताले साथ दिएको नयाँ पुस्ता विजयको उन्मादमा रमाइरहेका छन्, जुन स्वाभाविक हो, तर अब समय हो– त्यो उर्जालाई व्यवस्थापन गर्ने ।

आन्दोलनको आगोबाट निस्किएको धुवाँ अहिले देशैभर फैलिएको छ । अब त्यसलाई शुद्ध विचार, संयमित कदम र साझा रणनीतिबाट छर्ने हो । यस अवस्थामा जेनजी पुस्ताको सहमतिमा अन्तरिम सरकारको गठन भएको छ । तर सरकार बन्नु मात्र पर्याप्त छैन । त्यो सरकार जनताको सपनाको प्रतिनिधि हुनुपर्छ, पुराना अनुहारहरूको नयाँ आवरण होइन ।

अब हामीले चनाखो बन्नुपर्छ—सत्तामा फेरि त्यही भ्रष्ट, अवसरवादी र आत्मकेन्द्रित अनुहार फर्किए भने आन्दोलनको सम्पूर्ण मूल्य, बलिदान र आशा माटोमा मिल्नेछ । हामीले यस्तो सरकार बनाउनु पर्छ, जसका मन्त्री पजेरो र सुरक्षाकर्मीको भरमा होइन, जनताकै विश्वासमा हिंड्न सकून् ।

विदेशजस्ता दृश्य जहाँ मन्त्रीहरू सामान किन्दै हिँड्छन्, जनतासँगै लाइन बस्छन् —त्यही व्यवहार अब नेपालमा पनि देखिनुपर्छ । यस आन्दोलनले लोकतन्त्रलाई उछिनेको होइन ।

उल्टो, लोकतन्त्रको गहिरो पुनव्र्याख्या आवश्यक छ भन्ने सन्देश दिएको छ । दलहरूको अस्तित्व नकारिएको होइन तर दलहरूभित्रको विकृति, चरित्रहीनता र बेइमानीको प्रतिकार गरिएको हो । यदि राजनीतिक दलहरू अझै मौन बस्छन्, असल नेताहरू लुकेर बसिरहन्छन् भने जनताले विकल्प खोज्न बाध्य हुनेछन ।

समय आइसकेको छ कि जेनजीको माग बुझ्ने, उनीहरूको नेतृत्व क्षमतामा विश्वास गर्ने र मिलेर काम गर्ने वातावरण बनाइयोस् ।
हिजो जसले नेताको प्रशंसा गथ्र्यो, आज गाली गर्दै समर्थन देखाउँदैछन् ।

यस्ता अवसरवादीहरू आन्दोलनको सफलतामा सवार भएर फेरि कुनै न कुनै रूपमै सत्तामा पुग्न सक्ने सम्भावना रहन्छ । त्यसकारण जेनजी पुस्ताले आफूभित्रै पनि आत्मसमीक्षा गर्नुपर्छ—साथी भाइबीच गद्दारी गर्ने, आन्दोलनको पवित्र उद्देश्य भुल्ने र फेरि पुरानै गल्ती दोहोर्याउने अवस्था आउन नदिन अत्यन्त सावधानी आवश्यक छ ।

सरकारी कार्यालयका महत्वपूर्ण कागजातहरू जलेका छन्, धेरै संरचना ध्वस्त भएका छन् । तर देशको आत्मा अझै बाँकी छ । हामीसँग अबपनि युवाको ऊर्जाशील मन छ, जनताको अपार साथ छ र परिवर्तनको तीव्र चाहना बाँकी छ ।

अब शत्रुता, प्रतिशोध र हिंसाको बाटो होइन—सम्झौता, पुनर्निर्माण र सहकार्यको बाटो लिने बेला हो । सबै नेपाली मिलेर देश उठाउने एउटै विकल्प बाँकी छ—दोषारोपण होइन, जिम्मेवारीको वरण ।

अब जेनजीले देखेको सपनालाई नेतृत्वमा रूपान्तरण गर्ने जिम्मा हामी सबैको हो । शान्तिपूर्ण आन्दोलनको जगमा निर्माण हुने नयाँ नेपाल त्यो हो, जहाँ लोकतन्त्र, पारदर्शिता, सुशासन र इमानदारीता अनिवार्य मूल्य बन्छन् ।

आन्दोलनको आँधीमा जलेका संरचनाहरूलाई अब हामी विचार, दूरदृष्टि र साझा संकल्पले पुनर्निर्माण गर्न सक्छौं । अबको प्रश्न – अब के गर्ने ? होइन— अब मिलेर कसरी अगाडि बढ्ने ? बन्नुपर्छ । यही हो आन्दोलनको साँचो निष्कर्ष र अबको बाटो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?