© २०२३
चन्द्रौटा, २९ भदौ
कपिलवस्तुमा जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा स्मृति स्तम्भ निर्माण गरिने भएको छ । शिवराज नगरपालिका-५, चन्द्रौटास्थित रेडियो समानताको अगाडि स्तम्भ बनाउन लागिएको हो ।
जेन-जी पुस्ताले देखाएको साहस र बलिदानलाई सम्मान गर्ने उद्देश्यले स्तम्भ निर्माण गर्ने तयारी भएको नगरपालिकाले जनाएको छ । “जेन-जी पुस्ताले चाहे गर्न सक्छन् भन्ने सन्देश दिन हामी यो स्तम्भ बनाउन लागेका हौं,” मेयर प्रमुख अजय थापाले भने ।
स्मारकमा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने युवाहरूको नाम, ठेगाना राखिने छ, भने त्यतिबेला भेटिएको जुत्तालाई समेत स्तम्भमा समावेश गरिने जनाइएको छ ।