Butwal Today

अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल सुरु

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २९ भदौ ।

दसैँको अवसरमा अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सरकार र सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही समयअघि सुरु भएको छलफलमा मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ तथा यातायात मजदुरका प्रतिनिधिहरू सहभागी छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, छलफलमा आन्दोलनपछि सिर्जित परिस्थितिमा यातायातको सहज सञ्चालन र अग्रिम टिकट बुकिङका विषयमा विचार विमर्श भइरहेको छ ।

यातायात व्यवसायीले भाडादर समायोजनको विषय उठाउने गरेका भए पनि आजको छलफलमा यो विषय एजेन्डामा नरहेको उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?