© २०२३
काठमान्डौ, २९ भदौ ।
जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरूलाई सरकारले शहीद घोषणा गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले उक्त निर्णयमा हस्ताक्षर गरेकी छन् ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको ज्यान गएको छ । त्यस्तै, १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।