© २०२३
काठमाडौँ ।
महान्यायाधिवक्ता रमेश बडालले भदौ २४ गते पदबाट राजीनामा दिएका छन् । यसबारे जानकारी महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले आइतबार दिएको जानकारीमा पुष्टि गरिएको छ ।
पुडासैनीका अनुसार, बडालले राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको हो ।
बडाललाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।