Butwal Today

सुनको मूल्यमा सामान्य गिरावट

२९ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २९ भदौ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर १ लाख १५ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर २ हजार ५७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।