ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाको जनजीवन सामान्य,  सरकारी तथा गैर सरकारी कार्यालयहरू नियमित रूपमा सञ्चालन 

२८ भाद्र २०८२, शनिबार
२८ भाद्र २०८२, शनिबार

पाल्पा २८ भदौ ।

जेन जीको शान्तिपूर्ण आन्दोलन र सुरक्षा निकायको सक्रियतामा पाल्पाको जनजीवन सामान्य बनेको छ । पाल्पामा पनि जेन जीहरुले  भदौ २३ र २४ गते सदरमुकाम तानसेन, रामपुर, बगनासकाली, रैनादेवी छहरामा शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

आन्दोलनका समय देखी  पाल्पामा एक दिन पनि सरकारी तथा गैर सरकारी कार्यालयहरू बन्द भएका छैन ।  बजार खुलेको छ भने यातायात सञ्चालनमा कुनै पक्षबाट अवरोध रहेको छैन ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सबै सरकारी तथा गैर सरकारी कार्यालय  नियमित रूपमा सञ्चालन भएको जनाएको छ । आन्दोलनका कारण  जिल्लाका सबै सरकारी कार्यालय, बैक तथा वित्तीय संस्थाहरू, सदाकै अवस्थामा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी एव सूचना अधिकारी ऋषिराम सुवेदीले बताए ।

आफ्नो अवस्था अनुसार सरकारी सेवा सुविधा लिन नागरिकहरू लाई जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ । पाल्पामा जेनजीहरुले आन्दोलन शान्तिपूर्ण रूपमा  रह्यो । जेनजी समूहले कुनै पनि सरकारी तथा गैर सरकारी, राजनीतिक दलका पार्टी कार्यालय, तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको घर तथा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी तोड फोड गरेनन् ।

उनीहरूले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, नेपाली काँग्रेसको पार्टी कार्यालय, जनप्रतिनिधीहरुको निवासमा  तोडफोड नगरी कालो झन्डा राखेर विरोध जनाएका छन् । सुरक्षाकर्मीहरूको सक्रियतामा   जेन जी आन्दोलनमा घुसपैठ लाई रोक्न सफल भएको  सार्वजनिक तथा निजी सम्पत्ति माथि हानी नोक्सानी नहुँदा जनजीवन सामान्य अवस्थामा फर्किएको हो ।

जेन जी को अनुशासित आन्दोलन, सुरक्षाकर्मीको सूक्ष्म निगरानी र सक्रियताकै कारण आन्दोलनको क्रममा कुनै पनि अप्रिय घटना नघटेकै कारण पाल्पाको जनजीवन शान्ति पूर्ण रूपमा सामान्य बनेको हो ।

पाल्पाका बैक तथा वित्तीय संस्था, अदालत, सरकारी कार्यालय लगायतका क्षेत्रमा सुरक्षाकर्मीले नियमित गस्ती तथा निगरानी बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?