Butwal Today

म मन्त्री बन्ने चर्चा भ्रम मात्र हो: सुमना श्रेष्ठ

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

काठमान्डौ, २८ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले आफू प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा सहभागी हुने तयारीमा नरहेको स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमा बढ्दो अडकलबाजीपछि शनिबार फेसबुक लाइभमार्फत प्रतिक्रिया दिँदै उनले भनिन्, “कलिला भाइबहिनीहरूको बलिदानमा मन्त्री बन्ने सपना नराखौं। संस्कार परिवर्तनमा लाग्नुपर्छ, सत्ता होइन। सेवा सोचौं, कुर्सी होइन। कर्म सोचौं, नाम होइन।”

अहिलेको यो परिस्थितिमा युवालाई साथ दिन जरुरी रहेको उल्लेख गर्दै आफू क्याबिनेटमा सहभागी हुन लागेको भन्ने भ्रम फैलिएको स्पष्ट पारिन ।

शुक्रबार राति सुशीला कार्कीको प्रधानमन्त्री शपथ समारोहमा सहभागी भइ बधाई दिएपछि श्रेष्ठ मन्त्री बन्ने चर्चा सामाजिक सञ्जालमा तीव्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?