© २०२३
सुर्खेत,२८ भदौ ।
जेन जी आन्दोलनका क्रममा आफ्नो निजी घर जलेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले गुनासो व्यक्त गरेकी छन् । ढकालले सामाजिक सञ्जालमार्फत उनले नगरको समृद्धिको लागि काम गर्नु गल्ती भयो भन्ने प्रश्न समेत गरेकी छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वीरेन्द्रनगर वडा नम्बर आठ स्थित घर जलाइएपछि ढकालले नगरको विकासको लागि खटिएर गरिएका कामको कारण आफू सहित परिवारले नै पीडा भोग्नुपरेको गुनासो गरेकी छन् ।
‘सार्वजनिक जिम्मेवारीमा रहँदा थुप्रै मानसिक पिडाहरू पाएकी छु’ उनी भन्छिन्, ‘कोरोना सङ्कटमा काम गर्दा थुप्रै आरोपहरू लगाइयो, तर, सबै कुरालाई बेवास्ता गर्दै काम गरेकी छु । विकासले फड्को मारेको सहर बन्दै गर्दा ममाथि अन्याय किन ?’
ढकालले घरमा रहेका सम्पूर्ण सामान जलाइएको प्रति दुःखी हुँदै ढकालले उक्त घर आफ्नो पुर्ख्यौली र श्रीमानको २५ वर्षको कमाइको उपज भएको उल्लेख गरेकी छन् ।
उनले आफूले ५ वर्ष उपमेयर र ३ वर्ष मेयर भएर काम गर्दा कहीँ कतै अनियमितता गरेको भएको त्यसको प्रमाण पेस गर्न तयार रहेको बताएकी छन् ।
वीरेन्द्रनगरको विकासका लागि उनले ८ वर्षमा सुरु गरेका १२ वटा महत्त्वपूर्ण कामको सामाजिक सञ्जालमा उल्लेख गर्दै यही कारणले आफ्नो घर जलाइएको भनेर प्रश्न गरेकी छन् ।
ढकालले वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाउँदो सहरको रूपमा विकास विकास गरेको,सहरको पार्किङ व्यवस्थापन गरेको, बुलबुले ताल र ऐतिहासिक घण्टाघर निर्माण,भेरी लिफटिङ, आयोजनाको सुरुवात,जनसङ्ख्याभन्दा करिब तीन गुणा बढी जनसङ्ख्यालाई स्वास्थ्य सेवा,करिब ६ लाख जनसंख्यालाई आधारभूत सेवा प्रदान गर्नुका साथै वीरेन्द्रनगरलाई उपमहानगरको मापदण्डमा पु¥याउन आफू निरन्तर लागेको बताएकी छन् ।
‘राजनीतिक प्रतिशोधका आधारमा गरिएका यस्ता टिप्पणीले मलाई कहिल्यै कमजोर बनाउने छैन’ उनी भन्छिन्, ‘नगर बासीहरू तपाईँहरूको मतको संरक्षण गर्दै जस्तोसुकै परिस्थितिमा पनि सतिसाल भएर नगरको विकासको पक्षमा उभिनेछु ।’