© 2026
काठमान्डौ, २८ भदौ ।
जेनजी आन्दोलनका कारण केही दिन अवरुद्ध बनेको सार्वजनिक यातायात शनिबारदेखि देशभर सञ्चालनमा आएको छ ।
मंगलबारदेखि उपत्यकालगायत विभिन्न स्थानमा भएको प्रदर्शनका कारण पूर्ण रूपमा बन्द रहेको यातायात सेवा अब स्थानीय सरकार र प्रशासनसँगको समन्वयमा पुनः सञ्चालनमा ल्याइएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले केन्द्रबाट तत्काल निर्णय गर्न नसकिने अवस्था रहेको भन्दै स्थानीय तहसँग समन्वय गरी यातायात सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार आजदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक यातायात नियमित रूपमा सञ्चालन हुनेछन् ।