© २०२३
काठमाडौं ।
विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लागू भएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ ।
नेपाली सेनाले भदौ २४ गतेदेखि निषेधाज्ञा र कर्फ्युसम्बन्धी सूचना जारी गर्दै आएको थियो । तर, आज सेना वा स्थानीय प्रशासन कुनै पनि निकायबाट यससम्बन्धी सूचना जारी गरिएको छैन ।
निषेधाज्ञा र कर्फ्यु हटेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । उपत्यकासँगै देशका विभिन्न जिल्लामा पनि लागू भएको निषेधाज्ञा र कर्फ्यु आजदेखि हटाइएको छ ।
जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए ।
जेनजी आन्दोलनको भावनाअनुरूप गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्यतर्फ उन्मुख भएको देखिएको छ ।