© २०२३
काठमान्डौ, २८ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन् ।
भिडियो सन्देशमार्फत शर्माले लामो समयदेखि देशको राजनीति त्यही पुरानो नेतृत्व वरिपरि मात्र घुमिरहेकाले जनस्तरमा गम्भीर असन्तुष्टि बढेको बताए ।
शर्माले भविष्यमा नेतृत्वमा आउने नयाँ पुस्ताले पनि स्वेच्छाले मार्ग छोड्न सकून् भन्ने उद्देश्यले प्रणालीगत सुधार आवश्यक भएको बताए ।
उनले उच्च राजनीतिक पदहरूमा सीमित कार्यकालको व्यवस्था हुनुपर्ने सुझावसमेत दिए
शर्माले अब नेपाली कांग्रेसभित्र आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने समय आएको पनि बताए।