© २०२३
काठमाडौँ ।
नेपालमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकामा भारतले स्वागत गरेको छ।
भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कार्की नेतृत्वको सरकारले शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा विश्वास पनि व्यकत गरेको छ।
निकट छिमेकी, लोकतान्त्रिक मित्र तथा लामो समयदेखिको विकास साझेदार मुलुक नेपालको हित र समृद्धिका लागि निकट रहेर सहकार्य गर्न तयार रहेको पनि भारतले विज्ञप्तिमा उल्लेख गरेको छ।