© २०२३
काठमान्डौ, २८ भदौ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ०) अन्तर्गत १७ वर्षमुनिको च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय टोली आज श्रीलङ्का प्रस्थान गर्दैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार एक कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिकरूपमा बिदाइ गरेको हो । नेपाली टोली आज साँझ श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नेछ ।
साफ १७ वर्षमुनिको च्याम्पियनसिप यही सेप्टेम्बर १५ देखि २७ तारिखसम्म श्रीलङ्कामा आयोजना हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगिताको उद्घाटन खेलमै घरेलु टोली श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै अभियानको शुरुआत गर्नेछ ।
नेपालले दोस्रो खेल असोज १ गते ९सेप्टेम्बर १८० मा बङ्गलादेशविरुद्ध खेल्नेछ । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र बङ्गलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।