Butwal Today

चिसो खोलामा डुबेर आमा–छोरीको मृत्यु

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

लमही ,२८ भदौ ।

लमही नगरपालिका–१ बसन्तपुर बौराह निवासी भरत सार्कीकी श्रीमती ३९ वर्षीय किमा सार्की र उनकी १७ वर्षीय छोरी होलिका सार्कीको पानीमा डुबेर मृत्यु भएको छ ।

घरबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा उनीहरू डुबेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए ।

घटनापछि प्रहरी निरीक्षक पाण्डेयको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। मृतकहरूको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल लगिएको प्रहरीले जनाएको छ ।