© २०२३
बुटवल ।
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीले वर्तमान परिवेशमा कालोबजारी हुने सम्भावना रहेको भन्दै सचेत हुन सबैमा आग्रह गरेको छ । खुदा किराना
सङ्घका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलद्वारा जारी प्रेस विज्ञप्ति मा २०८२ भाद्र २३ गते देखि विभिन्न सुधारको माग राखी देशव्यापी प्रदर्शनको क्रममा भएको जनधनको क्षति प्रति खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देही गहिरो दुःख व्यक्त गरेका छन् ।
सुशासन पारदर्शिता र सामाजिक न्याय खातिर अब कसैले पनि एक थोपा रगत बगाउन नपर्ने परिस्थिति निर्माण गर्नका लागी आग्रह तर्रेका छन् ।
विज्ञप्तिमा प्रदर्शनको क्रममा उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएको धनजनको क्षति प्रति दुःख प्रकट गर्दै ज्यान गुमाउनु भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
युवाहरूले देखाएको चाहाना अनुरूप सुशासन पेसा व्यवसाय गर्ने वातावरण तयार गर्न हार्दिक अनुरोध विज्ञप्तिमा गरिएको छ ।
साथै देश विषम प्रतिस्थितिमा रहेकोले बजारमा काला बजारी हुने हुँदा साना व्यवसायी र उपभोक्तालाई समेत असर हुने हुँदासम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।