Butwal Today

जेनजी आन्दोलनमा मृत्यु भएका सुलभ र आयुषको शव नेपालगन्ज ल्याइँदै

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

नेपालगन्ज ।

काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगन्ज–१ का २३ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पार्थिव शरीर आज नेपालगन्ज ल्याइँदै छ ।

शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम सकिएपछि दिउँसो विशेष विमानमार्फत शव ल्याउन लागिएको  हो ।

सुलभको अन्तिम संस्कार आजै गरिने भएको छ । उनलाई श्रद्धाञ्जलीका लागि उनले अध्ययन गरेको भेरी इङ्ग्लिस मिडियम विद्यालयमा राखिनेछ। त्यसपछि नगर परिक्रमा गराइ राप्ती नदीको सिधनियाघाटमा अन्त्येष्टि गरिने छ ।

आयुषको भने भोलि मात्र अन्तिम संस्कार गरिनेछ । उनका आफन्तहरू बाहिरबाट आउनुपर्ने भएकाले अन्तिम संस्कार भोलिसम्म सारिएको हो । यसबीचमा परिवार, आफन्त, मित्र तथा सहपाठीहरूले दुवै युवालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?