Butwal Today

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २७ भदौ ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुरु भएको छ ।

मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूको स्थलगत अनुगमन गरेपछि यस्तो तयारी अघि बढाइएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।

नयाँ गृह मन्त्रालयको भवन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको प्रवेशद्वार नजिकै निर्माण गरिएको हो । यस्तै, अहिलेको गृह मन्त्रालय रहेको भवनसमेत जीर्ण भइसकेकाले त्यसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने, र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने तयारीसमेत भइरहेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?