© २०२३
काठमान्डौ, २७ भदौ ।
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुरु भएको छ ।
मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरूको स्थलगत अनुगमन गरेपछि यस्तो तयारी अघि बढाइएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।
नयाँ गृह मन्त्रालयको भवन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको प्रवेशद्वार नजिकै निर्माण गरिएको हो । यस्तै, अहिलेको गृह मन्त्रालय रहेको भवनसमेत जीर्ण भइसकेकाले त्यसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने, र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने तयारीसमेत भइरहेको स्रोतले जानकारी दिएको छ ।