© २०२३
काठमान्डौ, २७ भदौ ।
गोँगबुस्थित नयाँ बसपार्कबाट आजदेखि यात्रुबाहक बसहरू सञ्चालनमा आएका छन् ।
भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले लगाएको निषेधाज्ञा र कफ्र्युका कारण बन्द रहेका सार्वजनिक सवारीसाधनहरू क्रमशः सञ्चालनमा आएको हो ।
लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिएअनुसार, बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।
यातायात व्यवसायीहरूको छाता संस्था, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई पहिल्यै निर्देशन दिएको थियो ।
हाल सवारीसाधनहरू स्वयं–संचालनमा बाहिरिएको र आगामी दिनमा कसरी संस्थागत रूपमा सुरक्षित रूपमा सवारी सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।