© २०२३
काठमाडौँ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनबाट प्रभावित बैंक तथा वित्तीय संस्थाहरुको क्षतिको विवरण नेपाल राष्ट्र बैंकले संकलन सुरु गरेको छ ।
बैंकका प्रवक्ता किरण पण्डितका अनुसार राष्ट्र बैंक आन्तरिक रूपमा बैंक तथा वित्तीय क्षेत्रमा भएको भौतिक क्षतिको अध्ययन गरिरहेको छ । यसै सन्दर्भमा गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीहरूसँग भेटेर घटना पश्चातको असरबारे जानकारी लिएका छन् ।
बैंकर्स संघले २४ गतेको घटनाबाट ६५ वटा बैंक शाखा र एक्सटेन्सन काउन्टरमा क्षति पुगेको विवरण पेश गरेको थियो । यसमा २५ शाखा कार्यालय र ४० एक्सटेन्सन काउन्टरमा क्षति भएको उल्लेख छ ।
त्यसैगरी, जेनजी प्रदर्शनका क्रममा ४५ वटा एटीएम पनि तोडफोड भएका थिए । आन्दोलन असोज २३ गते हिंस्रक बनेपछि त्यसको भोलिपल्ट निजी तथा सरकारी कार्यालय, व्यावसायिक भवन, बैंक तथा वित्तीय संस्थाहरुमा तोडफोड र आगजनी भएको थियो ।