© २०२३
काठमाडौँ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपका लागि टिकट आवेदन खुलाएको २४ घण्टाभित्रै १५ लाखभन्दा बढी आवेदन प्राप्त भएको जनाएको छ ।
‘प्रिसेल ड्र’ सुरू भएको २४ घण्टामै विश्वभरका २१० देशका समर्थकहरूबाट आवेदन परेको फिफाले जनाएको हो । टिकटको सबैभन्दा बढी माग अमेरिका, मेक्सिको, क्यानडा, अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, इङ्ग्ल्यान्ड, स्पेन, पोर्चुगल र जर्मनीबाट आएको छ ।
आवेदन दिन सफल समर्थकलाई आगामी सेप्टेम्बर २९ देखि इमेलमार्फत जानकारी गराइनेछ भने अक्टोबर १ बाट टिकट खरिद गर्न तोकिएका समय स्लटहरू उपलब्ध गराइने फिफाले जनाएको छ।
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा आयोजना हुने तय भएको छ।