Butwal Today

अन्तरिम सरकारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानसेनापति

२७ भाद्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठन लगायत विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन् ।

सिग्देल आज केहीबेरअघि  शीतलनिवास पुगेका हुन् । भेटवार्तामा अन्तरिम सरकार गठनसम्बन्धी विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।

यसअघि राष्ट्रपति पौडेलले बिहीबार वक्तव्य जारी गर्दै जेन जेड आन्दोलनका माग संविधानको दायराभित्रै रही सम्बोधन हुने स्पष्ट गरेका थिए । सोही दिन उनले प्रधानसेनापतिसहित संविधान र कानुनका विज्ञहरूसँग समेत परामर्श गरेका थिए ।