Butwal Today

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सेवा बन्द

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ कक्ष सेवा अस्थायी रूपमा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचनामार्फत यात्रुहरूलाई यसबारे जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित मार्ग (रुट) प्रयोग गरी प्रस्थान र आगमन गर्न आग्रह गरेको छ ।

हालको असहज परिस्थितिका कारण सामान्य यात्रुहरू विभिन्न सहरमा रोकिएका हुँदा उनीहरूलाई प्राथमिकता दिनु परेकाले ‘भीआईपी’ सेवा बन्द गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।

“यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,” प्राधिकरण स्रोतको भनाइ छ । यसबीच, त्रिभुवन विमानस्थलमा नियमित उडान र अवतरण सामान्य रूपमा सञ्चालन भइरहेको छ ।