Butwal Today

कैदी भाग्न खोजेपछि रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ  २६ भदौ । 

रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान कैदीहरूले विभिन्न च्यानलमा लगाइएका ताल्चा फोडेर भाग्न प्रयास गरेपछि नेपाली सेनाले गोली चलाउनुपरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार एकजना कैदी गम्भीर घाइते छन् भने अन्य १० जना समेत घाइते भएका छन् । “सम्झाउँदा बुझाउँदा पनि नमानेपछि बलपूर्वक बाहिरिन खोज्दा स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्‍यो,” उनले भने ।

घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । अहिले कारागार पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

कारागारमा हाल १६ महिला र ३१८ पुरुष गरी ३३४ जना कैदी छन् ।