Butwal Today

गगन थापा भन्छन -निर्णय रोक्न नसकेकोमा म माफी माग्छु

२६ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २६ भदौ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकोमा पश्चाताप व्यक्त गरेका छन् ।

भदौ २३ गते १९ युवाको मृत्यु भएको घटनालाई ‘अपराध’ भन्दै उनले माफी मागेका छन् । “म प्रत्यक्ष संलग्न छैन, तर पनि माफी माग्छु,” उनले बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमा भनेका छन् ।

थापाका अनुसार सोसल मिडिया प्रतिबन्धको निर्णय लिने दिन उनी दौडेर सभापति शेरबहादुर देउवा कहाँ पुगेका थिए। “त्यो निर्णय नहोस् भनेर बैठकमा बोलेँ, लेखेँ, प्रेसमा दिएँ— तर रोक्न सकिएन,” भन्दै उनले भने, “सायद त्यो मात्रै रोक्न सकिएको भए, आजको जस्तो ठूलो घटना हुने थिएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?